काठमाडौँं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज बुधबार सुनुवाइ हुने भएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले मंगलबार रिट दायर गरेका थिए । रिट निवेदनमा सरकारले गठन गरेको उक्त आयोग असंवैधानिक भएको दाबी गर्दै खारेज गर्न माग गरिएको छ । सर्वोच्चले बुधबारका लागि पेसी तोकेको हो ।
फागुन २१ को निर्वाचनपछि बनेको झण्डै दुई तिहाइ बहुमतप्राप्त वर्तमान सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । उक्त आयोगलाई २०६२ सालयताका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न कार्यादेश दिइएको छ ।