काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पदभार सम्हालेनका छन । कम्पनीका अनुसार प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईले सोमबार पदभार ग्रहण गरेका हुन् ।

कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गरेको थियो । यसअघि उनी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए ।