काठमाडौं । पद्म ज्योति ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ होण्डा सर्भिस सेन्टरहरू विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीले पहिलो चरणमा छवटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको हो ।
ग्राहकहरूलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गराउने उदेश्यले सेवा विस्तार गर्न लागेको कम्पनीले जनाएको छ । यस पहलअन्तर्गत, कम्पनीले हालै दुई वटा प्रिमियम सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । त्रिपुरेश्वरमा रहेको सेवा केन्द्र (पूर्व टेकुबाट स्थानान्तरण गरिएको) तथा कान्तिपथस्थित ज्योति भवनमा रहेका दुईवटा सेवा केन्द्रहरूको औपचारिक सुभारम्भ गरिएको कम्पनीले जनाएको छ । होण्डा मोटर कं. लि.का उपाध्यक्ष तथा हेड अफ रिजनल युनिट (एसिया एण्ड ओसियाना), रिजनल अपरेसन्स (एसोसिएटेड रिजन्स) का प्रमुख र एसियन मोटर कं. लि.का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तोसिओ कुवाहारा, स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योति र भाइस चेयरम्यान सुहृद ज्योतिले संयुक्त रुपमा सेवा सुभारम्भ गरेका थिए ।
कम्पनीले होण्डाका ग्राहकहरूका लागि ‘पहिलेकै मूल्यमा प्रिमियम सर्भिस’को अवधारणा अगाडि सारेको हो । यस अवधारणाअन्तर्गत ग्राहकहरूले पहिलेकै मूल्यमा उच्चस्तरीय सेवाको अनुभव गर्न सक्ने जनाइएको छ । कम्पनीले प्रिमियम उपभोक्ता अनुभव र कस्टमर फस्र्ट एप्रोचलाई विशेष प्राथमिकतामा राख्दै सम्पूर्ण सेवा प्रक्रियालाई अझ प्रभावकारी र ग्राहकमैत्री बनाएको जानकारी दिएको छ । कम्पनीले दक्ष र प्रशिक्षित मेकानिक्सद्वारा सेवा प्रदान गर्ने तयारी गरेको छ । साथै थ्रीएस सुविधा शोरुम, सर्भिस एण्ड जेन्युन पाट्र्स एकै छानामुनि उपलब्ध गराउने कम्पनीको लक्ष्य छ । साथै, सेवा लिन आउने ग्राहकहरूका लागि निःशुल्क कोल्ड ड्रिंक्स तथा कफीको व्यवस्था पनि गरिएको जानकारी दिइएको छ । कम्पनीले सञ्चालनमा ल्याउन लागेका प्रिमियम सर्भिस सेन्टरमा अत्याधुनिक डायग्नोस्टिक उपकरणहरू र डिजिटल सर्भिस ट्र्याकिङ प्रणालीका साथै फास्ट सर्भिस बेजमार्फत कम समयमा गुणस्तरीय सेवा उपलब्ध गराउने जनाएको छ ।