काठमाडौं । नेपाली सेनाका तीन सहायक रथी उपरथी दर्जामा पदोन्नति भएका छन् । प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्तिजङ्ग बस्नेतलाई यही वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डामा बुधबार आयोजित समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले उनीहरुलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यक्रममा अधिकृतलगायत सेनाका बलाधिकृत, रथीवृन्द, पदोन्नति भएका रथीवृन्दहरुको परिवारजनको उपस्थिति थियो ।