काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन २६ दशमलव १६ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज बुधबार पुन २५ दशमलव ८१ अंकले ओरालो लागेर २७ सय ४४ दशमलव ४५ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य छ अंकले ओरालो लागेर चार सय ६४ दशमलव ५१ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ५१ वटा कम्पनीहरुको एक लाख चार हजार पाँच पटकको कारोबारमा एक करोड २१ लाख ३४ हजार तीन सय ६० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ९८ करोड ६२ लाख ९४ हजार एक सय ७३ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन । जसमध्ये बिकास बैंक, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक खुम्चिएका छन् ।