बंगलादेश । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले बुधबार संसदमा राजधानी ढाकालाई स्वच्छ र हरित शहरमा रूपान्तरण गर्न १२ बुँदे योजना घोषणा गरेका छन् ।
संसद्मा सत्तारुढ दलका सांसदको प्रश्नको जवाफमा रहमानले ढाका नर्थ र ढाका साउथ सिटी कर्पोरेसनले यो लक्ष्य हासिल गर्न विभिन्न पहलहरू गरिरहेको बताए ।
कार्य योजना ढाकाको गम्भीर वायु गुणस्तर चुनौतीहरूको पृष्ठभूमिमा आएको छ । सुक्खा मौसममा उच्च प्रदूषणको स्तर प्रायः ‘अस्वस्थ’ वा ‘खतरनाक’ स्तरमा पुग्छ । रहमानले भने, ‘योजनाको प्रारम्भिक एक भागको रूपमा साप्ताहिक जनचेतनामूलक कार्यक्रमहरू तीव्र सरसफाइ र लामखुट्टे नियन्त्रण अभियानहरू सञ्चालन गरिँदैछन् ।’
‘सरकारले ढाकाको प्रमुख फोहोर स्थानान्तरण स्थलहरूको आधुनिकीकरण पनि गर्दैछ र भूसुदर्शनीकरण, हरियाली र जागरूकतासम्बनधी भित्तेचित्रहरू समावेश गरी वातावरण मैत्री फोहोर व्यवस्थापनलाई बढावा दिइरहेको छ’, उनले थपे । सहरी हरियालीको बारेमा रहमानले भने, ‘सडक र खुला ठाउँहरूमा वृक्षारोपण कार्यक्रम गरिएको छ, आगामी पाँच वर्षमा शहरमा पाँच लाखरूखहरू रोप्ने लक्ष्य राखिएको छ ।’ वातावरण विभाग र ढाकाको यातायात समन्वय प्राधिकरणले संयुक्त रूपमा आधुनिक बस सेवाहरू सुरु गर्न र विद्युतीय बसहरू सुरु गर्न लागेको रहमानले बताए ।