काठमाडौँ ।
निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरूले आवश्यकताअनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिनेछ ।
कसरी पाइन्छ ऋण ? यो एक नवीनतम डिजिटल सुविधा हो यो सेवा बैंकले एफ वान सफ्ट इन्टरनेसनल प्रालिको सहकार्यमा ल्याएको हो । नबिल स्मार्ट बैंकको विश्लेषणात्मक प्रविधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइन्छ । यो सुविधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधिका लागि उपलब्ध रहनेछ ।
फोन लोनका विशेषताहरू : कन्ट्र्याक लेस डिजिटल ल्यान्डिङ एक्सपेरियन्स ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रियाबिना नै नबिल बैंकले आफ्नो स्मार्ट बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् । इन्स्ट्यान्ड लोन बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्दछ । बिनाधितो ऋण ग्राहकको बैंकिङ कारोबारसँग निहित भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने सुक्ष्म ऋण यस योजनाअन्तर्गत एक लाखसम्म ऋणको सुविधा लिन सकिनेछ ।
बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहका अनुसार बिनाधितो, बिनाकागजी प्रक्रिया, बिनाबैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिनेजस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्छ । उनले भने, ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरवको विषय हो ।’ बैंकले हाल एक सय १९ शाखा तथा एक सय ८४ ओटा एटीएम सञ्जालमार्फत सेवा दिँदै आएको छ । नयाँ बैंकिङ पद्धतीलाई अनुसरण गर्ने र नेपाली डिजिटल बैंकिङ क्षेत्र रहँदै आएको बैंक हो ।