काठमाडौँ ।
प्रभुु लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असोज २९ गते काठमाडौँ म्यारियट होटलमा तेस्रो वार्षिक साधारणसभा गर्न लागेको हो । उक्त वार्षिक साधारणसभामार्फत गत आर्थिक वर्षको वार्षिक वित्तीय प्रतिवेदन सार्वजनिक गर्नेसहितका प्रस्तावहरू पारित गर्ने तयारी गरेको कम्पनीले जानकारी दिएको छ ।
हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षको चोथो त्रैमासिक अवधिमा चार करोड ४४ लाख ९६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा तीन करोड ८१ लाख १४ हजार रुपैयाँ रहेको थियो ।