काठमाडौं । हिमालयन लघुवित्त वित्तीय सस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ करोड १० लाख ५४ हजार एक सय ६३ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाले पाँच करोड ३४ लाख ९१ हजार पाँच सय ६५ रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ३५ करोड १० लाख ८६ हजार ३० रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब २२ करोड छ लाख ८३ हजार ८७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब एक करोड ६९ लाख ६३ हजार दुई सय ४२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३१ करोड ८६ लाख ९४ हजार छ सय ७० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १० दशमलव शून्य चार प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले एक अर्ब १० करोड ४७ लाख ५० हजार नौ सय तीन रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८९ करोड ५६ लाख ९६ हजार पाँच सय एक रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २४ करोड ४७ लाख आठ हजार एक सय २१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ३४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।