काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड २८ लाख ११ हजार एक सय ९६ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा आठ करोड ९५ लाख ९८ हजार तीन रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३८ करोड ७४ लाख ९४ हजार आठ सय ६६ रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा एक अर्ब ९८ करोड ९१ लाख सात हजार ४१ रुपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९८ करोड ९३ लाख १७ हजार सात सय १७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३६ करोड ५० लाख ५५ हजार नौ सय ९२ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा आठ दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले एक अर्ब ८३ करोड दुई लाख १२ हजार आठ सय ९६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २४ करोड ७९ लाख ४१ हजार दुई सय ५५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड ४८ लाख ५४ हजार एक सय २५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।