काठमाडौं । काठमाडौं म.न.पा.-११ माईतिघर मण्डलाको बिस्तारीत सडक खण्डमा बीरगंज युवा तथा व्यापारी सडक सङ्घर्ष समितिको आयोजनामा आइतबार १ः५५ बजे देखि बीरगंज युवा तथा व्यापारी सडक सङ्घर्ष समितिको सयोजक कुन्दन कुमार रौनियरको नेतृत्वमा करिब २५ जनाको उपस्थितिमा बिरोध प्रदर्शन कार्यक्रम सुरू भएको छ ।
बीरगञ्जमा डोजर आतंक बन्द गर ूहामी विकास र विस्तार चाहन्छौं तर वैकल्पिक उपाय खोजौूँ विकासको नाममा विनाश नगरौं, बीरगञ्जको ऐतिहासिक प्राचीन सम्पदा मास्न पाइँदैन, बीरगञ्जको मेन रोडलाई ूसहरी मार्ग कायम गर, बीरगञ्ज मेन रोडको असिन्दा व्यापारीको बारेमा एकपटक सोचौँ लेखिएको ब्यानर प्लेकाड सहित बिरोध प्रदर्शन कार्यक्रम सुरू भएको हो ।