काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका अनुसार संस्थापक सेयरधनी समूहतर्फको एक लाख ५६ हजार दुई सय ८३ कित्ता सेयर बिक्रीमा राखिएको हो । सेयर खरिद गर्न चाहने सुकै व्यक्ति तथा कम्पनीले आगामी जेठ १ गतेभित्र मुक्तिनाथ क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसारउक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक सय ३५ रुपैयाँ तोकिएको छ ।