काठमाडौं । आखुखोला जलविद्युत् कम्पनी लिमिटेडले वार्षिक साधारणसभाको आहृवान गरेको छ । कम्पनीले यही वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ३१ गते आफ्नो १७औं र १८औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार वार्षिक साधारणसभामार्फत कम्पनीले सामान्य प्रस्तावअन्तर्गत संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गर्ने तयारी गरेको छ । यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत सोसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने तयारी कम्पनीले गरेको छ । यसबाहेक विशेष प्रस्तावअन्तर्गत भने सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी एक जना महिलासहित पाँच जना संचालकको चयन/निर्वाचन गर्ने प्रस्ताव कम्पनीको रहेको छ ।