काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन् । विजयी उम्मेदवार शर्माले ८७ मत प्राप्त गरे भने श्रेष्ठले ८० मत प्राप्त गरे । महासंघको वस्तुगत उपाध्यक्षमा शिव घिमिरेलाई हराउँदै नरेशलाल श्रेष्ठ ६३ मत ल्याएर विजयी भएका थिए । मतगणनाको अन्तिम परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।
जिल्ला नगर खुल्लातर्फको नतिाजामा १५ जना विजयी भएका छन । महासंघको कार्यसमितिको लागि भएको निर्वाचनमा १२९ मत गणनाबाट अर्जुन कुमार श्रेष्ठ ११० मतसहित विजयी भएका हुन् । त्यस्तै, उज्ज्वल प्रसाद कसजु ८२ मत, केशव प्रसाद भण्डारी ९८ मत, कृष्ण कटुवाल १०५ मत, गोकुल श्रेष्ठ ९७ मत, छ्त्रधर आत्रेय १०४ मत, तारा बहादुर कार्की ९० मत, दिपक नेपाल एक सय मत, प्रयास कार्की १११ मत, मोहन प्रसाद श्रेष्ठ १०२ मत, लक्ष्मण राज पौडेल १०४ मत, शंकर गिरी ८६ मत, सन्तोष खड्का १०२ मत, सुदर्शन कार्की ८१ मत र हरि प्रसाद अर्याल ९२ मतसहित विजयी भएका हुन् । जिल्ला नगरको महिला सदस्यतर्फ गीता अमात्य ८१ र हिरा भट्टराई ६३ मत सहित विजयी भएका छन् ।
महासंघको द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल ५ मत पाएर विजयी भएका छन् ।
वस्तुगत समूहको सदस्यतर्फको मतगणनामा २६ जना उमेदवारमध्येबाट १३ जना विजयी भएका छन् । विजयी हुने उमेदवारहरुमा ७० मतका साथ अरनिको राजभण्डारी, ५२ मतका नानिराज घिमिरे, ६२ मतका साथ पशुपति देव पाण्डे, ६८ मतका साथ विदुर धमला, ५६ मतका साथ भक्त बहादुर हमाल, ६६ मतकासाथ रविन पुरी, ६३ मतका साथ राजकुमार कार्की, ६२ मतका साथ लिलेन्द्र प्रधान, ५१ मतका साथ संघर्ष विष्ट, ६८ मतका साथ सागर ढकाल र ५१ मतका साथ होम प्रसाद घिमिरेले जितेका छन् ।
४ जनाको भने मत बराबरी भएका कारण चिठा प्रणालीबाट मत घोषणा गरिने भएको छ । चिठा प्रणालीमा गएका सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउने छन् । यी मध्येबाट दुई जनाले जित्ने छन् । उनीहरुले पचास/पचास मत पाएका थिए । वस्तुगत समूहका २ महिला सदस्यहरुमध्ये सुनिता न्हेम्हाफुकीले ५४ मत पाएर विजयी भएकी छन । महिला सदस्यमा प्रतिस्पर्धा गर्ने अर्का सदस्य कमला श्रेष्ठले ४८ मत पाएकी छन् ।