काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन: ओरालो लागेको छ । अघिल्लो दिन आठ दशमलव ७८ अंकले उकालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज बुधबार एक दशमलव ६४ अंकले ओरालो लागेर २७ सय ११ दशमलव २२ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ८० अंकले उकालो लागेर चार सय ६३ दशमलव १२ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३६ वटा कम्पनीहरुको ४७ हजार आठ सय ४१ पटकको कारोबारमा ७१ लाख ३१ हजार पाँच सय ५७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब १९ करोड ७७ लाख ६६ हजार सात सय ७९ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, जलबिद्युत, जीवन बीमा, उत्पादनमुलक र व्यापार उपसमुहको सुचक खुम्चिएका छन् भने बाणिज्य बैंक, फाईनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक उकालो लागेका छन् ।