काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ अध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका छन् । महासंघको विधानअनुसार यसअघि वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष पदमा चयन भएका हुन् ।
श्रेष्ठको नेतृत्वमा महासंघको आगामी तीन वर्ष (२०८३–२०८६) का लागि नयाँ कार्यसमिति चयन भएको हो । महासंघको ६०औँ वार्षिक साधारणसभापछि सुरु निर्वाचन प्रक्रियाको बुधबार मतपरिमाण सार्वजानिक भएको छ । निर्वाचनमार्फत चार उपाध्यक्षसहितको अन्य सदस्यहरू चयन भएका छन् । मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन् भने वस्तुगत सङ्घतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजङ्ग पाण्डे निर्वाचित भएका हुन् ।
यस्तै कार्यकारिणी सदस्यहरूमा एसोसिएतर्फ दुई महिलासहित १९ जना चयन भएका छन् । एसोसिएटतर्फ जुना माथेमा, अभिज्ञा मल्ल, अम्बिकाप्रसाद पौडेल, इश्वरबहादुर जिसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी, वटु लामिछाने बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशिल थापा र हेमन्त गोल्छा निर्वाचित भएका छन् । यस्तै वस्तुगततर्फ १४ सदस्य चयन भएका छन् । यसतर्फ सागर ढकाल (नेपाल स्टक ब्रोकर एसोसिएसन), अरनिको राजभण्डारी (नेपाल आइसक्रिम उद्योग व्यवसाय संघ), नानीराज घिमिरे (नेपाल चलचित्र निर्माता संघ), पशुपतिदेव पाण्डे (नेपाल तयारी पोशाक उद्योग संघ), विदुर धमला (नेपाल जग्गा तथा आवास विकास संघ), भक्तबहादुर हमाल (रसायन तथा मेडिकल आपूर्ति संघ), रविन पुरी (नेपाल दाना उद्योग संघ), राजकुमार कार्की (नेपाल कुचो संघ), लिलेन्द्रप्रसाद प्रधान (नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन), संघर्ष विष्ट (रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल) र होमप्रसाद घिमिरे (नेपाल प्लाइउड उत्पादक संघ) चयन भएका हुन् । वस्तुगत महासंघतर्फ ढुवानी व्यवसायी महासंघ नेपालबाट विश्वनाथ खनाल र कम्युटर एसोसिएसन नेपाल महासंघबाट सुनैना घिमिरे निर्वाचित भएका छन् । वस्तुगत समूहमा महिला सदस्यमा भने नेपाल कृषि मेसिनरी व्यवसायी संघको तर्फबाट सुनिता म्हम्हाफुकी निर्वाचित भएका छन् ।
यस्तै जिल्ला–नगरतर्फका १५ सदस्यहरूमा अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खडुका, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन् भने जिल्ला–नगर महिलातर्फ गिता अमात्य र हिरा भट्टराई विजयी भए । यसैगरि जिल्ला–नगर प्रदेशमा प्रत्येक प्रदेशबाट २ जना गरी कुल १४ जना सदस्य चयन भएका छन् । यसअन्र्तगत कोशी प्रदेशबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेश प्रदेशबाट अमरनाथ शाह र विकासकुमार सारडा, बागमती प्रदेशबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ, गण्डकी प्रदेशबाट पविन्द्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनी प्रदेशबाट यज्ञप्रसाद भट्टराइ र बालकृष्ण सुवेदी, कर्णाली प्रदेशबाट पदमबहादुर शाही र पुरीचन्द्र देवकोटा, सुदुरपश्चिमबाट पिताम्बर जोशी निर्वाचित भएका छन भने बाँकी एक जना गोलाप्रथाबाट निर्वाचित गरिने निर्वाचित समितिले जनाएको छ ।
नवनिर्वाचित नेतृत्वले निजी क्षेत्रको सुदृढीकरण, आर्थिक सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणमा जोड दिने अपेक्षा गरिएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यसपटक नै अन्तिम रहेको र आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने जनाइएको छ ।