सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९, खीला गाउँनजिक बिहीबार मोटरसाइकल र बस एकापसमा ठोक्किदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा महोत्तरीको गौशाला नगरपालिका–१२, कान्तिबजारका मोटरसाइकल चालक ३५ वर्षीय पप्पु भन्ने श्याम ठाकुरको मृत्यु भएको हो ।
सीमावर्ती गाउँ सङ्ग्रामपुरबाट बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गको बाँके चोकतर्फ आउँदै गरेको ग. १ ख. ९४६७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना. ४८ प. ४७० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बससँग मोटरसाइकल जुध्दा हेल्मेट नलगाएका ठाकुरलाई टाउकोमा गहिरो चोट लागेको थियो । पोस्टमार्टमका लागि मृतक ठाकुरको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
दुर्घटनापछि फरार रहेका बस चालकको खोजी भइरहेको र प्रहरीले बस अनी बस धनीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।