एआई भनेको आजको युगमा मानिसको हरेक कामलाई सहज बनाउने माध्यम भएको छ, विभिन्न माध्यमबाट जानकारी लिएर मानिसजस्तै सोच्ने र सिक्ने क्षमता भएको कम्प्युटर प्रविधि नै एआई हो, यसले जीवनलाई सजिलो बनाए पनि यसको प्रयोग सही तरिकाले गर्नु बुद्धिमानी हुन्छ ।
आजको दिनमा शिक्षा क्षेत्रमा एआई अत्यन्त उपयोगी हुँदै गएको छ । यसले विद्यार्थीलाई घरमै बसेर पनि, यदि इन्टरनेट भएमा व्यक्तिगत रूपमा पनि सिक्ने व्यवस्था बनाइदिएको छ । एआई बाटै शिक्षकलाई झैँ सोधी सोधी उत्तर पाउने अवस्था आएको छ । आजको युग विज्ञान र प्रविधिको युग भएकाले एआई लाई उचित सदुपयोग गरी अगाडि बढेमा मानव जीवनका हरेक क्षेत्रमा तीव्र परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्दछ । त्यसै अनुरूप शिक्षा क्षेत्र पनि यसबाट अलग हुन सक्दैन र हुनु पनि हुँदैन । अझ नेपाल जस्तो भौगोलिक विकटता भएको देशमा त झन् संसारका कुराहरू कस्ता छन् भन्ने जानकारी लिन, प्रश्न सोध्न, उत्तर पाउने दरिलो माध्यमको रूपमा लिन सकिन्छ र हाम्रो यो विकासोन्मुख देशमा, जहाँ शिक्षामा पहुँच सबैलाई सजिलै पुर्याउन नसकेको अवस्थामा हरेक शैक्षिक कुराहरूको जानकारी लिनको लागि एआई ले नयाँ सम्भावना र अवसरहरू खोलिदिएको छ भन्दा फरक पर्दैन तर आजको आम बहस के भएको छ भने केवल प्रविधि उपलब्ध हुनु त्यसको उपयोगितामा भरपुर प्रयोग गर्नु नै पर्याप्त छ त भन्ने विषय गहिरो रूपमा प्रवेश गरेको छ । हो, हामी सबैलाई एआई चाहिन्छ तर यो शैक्षिक रूपमा उत्तर सार्न, परीक्षामा राम्रो अंक ल्याउन भन्दा पनि जानकारी लिन, उक्त जानकारीलाई मनन कसरी गर्ने भन्ने सिक्न र आफ्ना गुरुहरूमार्फत अझै जानकारी लिएको खण्डमा नेपाली विद्यार्थीहरूलाई सही जानकारी दिई अझ प्रभावकारी तथा गहन अध्ययन र अर्थपूर्ण शिक्षा दिनु आजको आवश्यकता हो । सजिलै बुझ्दा एआई ले विद्यार्थीलाई व्यक्तिगत सिकाइलाई प्रभावकारी बनाउन सम्भव बनाउँछ । नेपालका कतिपय विद्यालयहरूमा कक्षाकोठामा प्रायः एउटै शिक्षकले धेरै विद्यार्थीलाई पढाउने चलन पनि छ र शिक्षक नै अलि बुझाउन नसक्ने तथा परम्परागत तरिका अपनाउने पनि छन् तर प्रत्येक विद्यार्थीको बुझ्ने क्षमता फरक फरक हुन्छ, उनीहरूको पढ्ने शैली र रुचि पनि फरक फरक हुन्छ यस्तो अवस्थामा एआई आधारित उपकरणहरूले विद्यार्थीको स्तर अनुसारको सामग्रीहरू पनि उपलब्ध गराउन सक्छन् । कमजोर विद्यार्थीलाई कस्तो अभ्यास गराउने र सरल व्याख्या दिन सकिन्छ भन्ने सोच अनुसार गराउन सकिन्छ भने सबल र सक्षम विद्यार्थीलाई थप चुनौतीपूर्ण सामग्री दिएर अझै अनुसन्धानात्मक बनाउन सकिन्छ । यसले सबै विद्यार्थीलाई आफ्नै दक्षता अनुसारको काम दिलाउन सकिन्छ र सोही अनुसार सिक्ने अवसर दिन सकिन्छ भने एआई ले सिकाइमा सहज पहुँच पक्कै बढाउँछ । नेपालका दुर्गम क्षेत्रहरूमा गुणस्तरीय शिक्षकको अभाव भएको ठाउँमा एआई आधारित शैक्षिक प्लेटफर्महरूले विद्यार्थीलाई विश्वस्तरीय सामग्री उपलब्ध गराउन गहिरो अध्ययन गर्ने वातावरण र अध्यापन गराउन सकिन्छ । नेपालमा धेरै दुर्गम ठाउँमा समेत इन्टरनेट पुगेको अवस्थामा यस्ता इन्टरनेटको पहुँच भएको ठाउँमा विद्यार्थीहरूले भिडियो हेरेर पढ्न सक्छन्, व्याख्या सजिलै गर्न सक्छन् भने अभ्यास र आपसी अन्तरक्रियात्मक क्रियाकलाप गरी सामूहिक अध्ययन पनि गर्न सक्छन् । यसले सहरमा पढ्नु र गाउँमा बसेर पढ्दा स्तर र असमानता घटाउनसमेत सहयोग पु¥याउँछ तर के गलत के सही भनी शिक्षकले अवलोकन र निर्देशन भने गर्नुपर्दछ । किनकि एआई ले हरेक सोधाइलाई तुरुन्त प्रतिक्रिया दिने हुँदा त्यसको मात्र भर पर्दा कैयौं गल्ती पनि हुने उत्तिकै प्रबल सम्भावना छ । परीक्षा हुँदा पनि परम्परागत शिक्षामा शिक्षकले सबै विद्यार्थीको लेखाइ जाँच्न समय लाग्छ, र परीक्षाफल पनि ढिलो आउने हुन्छ जसको कारण विद्यार्थीले आफ्नो प्रगति वा आफ्नो गल्ती ढिलो थाहा पाउँछन् भने एआई प्रणालीले कुनै पनि उत्तर खोज्दा तुरुन्तै हुने र सिकाइ पनि सहज र कम समयमा पाइने हुन्छ । जसको कारण तुरुन्त सचिन पाउँछन् तर एआई को प्रयोग केवल उत्तर दिने उत्तर खोज्ने वा सजिलो बाटोमात्र अपनाउँदा आफूमा भएको दिमागलाई उपयोग नगर्दा भने समस्या आउन सक्छ, दिमाग बोझो हुन सक्छ । त्यसैले एआई लाई विद्यार्थीको सोच्ने क्षमता कमजोर बनाउन होइन शिक्षकको रूपमा लिने र अझै गहन अध्ययन गर्न शिक्षकको सहारा लिनु उपयुक्त हुन्छ । त्यसैले सबै कुरा मिलाउन शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । शिक्षकहरूले एआई लाई सहयोगी उपकरणका रूपमा मात्र प्रयोग गराउनुपर्छ, नत्र प्रतिस्थापनका रूपमा प्रयोग गरेमा यो हानिकारक हुन्छ । शिक्षकले विद्यार्थीलाई एआई बाट जानकारी लिने, विश्लेषण गर्ने अनि त्यसलाई मन्थन गरी यदि कमजोरीहरू छन् भने पत्ता लगाउने र त्यसको मूल सार लिन र आफैँ व्याख्या गर्न सक्ने हुनुपर्दछ, यसले गर्दा विद्यार्थीमा स्वतः स्फूर्त रूपमा समस्या समाधान गर्ने क्षमतामा अगाडि बढाउन सकिन्छ । एआई लाई सही रूपमा प्रश्न सोध्न जान्ने र सही उत्तर हो वा होइन भनी मूल्यांकन गर्न सकेमा यसले विद्यार्थीहरूलाई आफैँ बुझ्न र गहिरो सोचमा मग्न गराउन सकिन्छ । अन्यथा नक्कलमात्र गरी माक्र्समा मात्र केन्द्रित र प्रविधिमा मात्र भर पर्ने बानी बस्दै जान्छ । पहिला पहिला क्याल्कुलेटर नचलाउँदा दिमागले हिसाब गरिन्थ्यो अब आजको दिनमा एआई आउँदा यसको सही उपयोग गर्न जान्नुपर्दछ किनकि एआई ले शिक्षा प्रणालीलाई नै फरक बनाउन सक्छ, तर यसको सफल प्रयोग र सही प्रयोगको भने जरुरी छ । एआई केवल एउटा आधुनिक समाजको उपकरण हो । यसले उत्तरमात्र दिन सक्छ, तर सही आफूले लिने हो र के सम्म सिक्ने भन्ने निर्णय गर्ने जिम्मेवार चाहिँ विद्यार्थी, शिक्षक र अभिभावक हो । हामी सबै पक्ष मिलीजुली एआई लाई सही तरिकाले प्रयोग गर्न सक्यौं भने, नेपाली विद्यार्थीलाई हरेक कुनाकाप्चामा पनि प्रभावकारी बनाउनुको साथै गुणस्तरीय शिक्षा दिन सकिन्छ । शिक्षा क्षेत्रको साथ साथै स्वास्थ्य क्षेत्रमा पनि एआई ले ठूलो परिवर्तन ल्याएको छ । घरमै बसेर रिपोर्ट देखाएकै भरमा जानकारी लिन सक्ने, रोगको पहिचान गर्न सक्ने, रिपोर्टको विश्लेषण गर्न सक्ने र उपचार योजना बनाउन पनि एआई प्रयोग भइरहेको छ आजको दिनमा रोबोटिक शल्यक्रिया पनि एआई को मद्दतले सम्भव भएको छ । तर आफैँ जान्ने सुन्ने भएर एआई को जानकारीले आम मानिसले यसको दुरुपयोग गरेमा हामी ठूलै खाडलमा फस्न पनि सक्छौं । जानकारी लिने तर निर्णय लिन सम्बन्धित विशेषज्ञसँग भने सल्लाह गर्नै पर्दछ । त्यसैगरी व्यापार र व्यवसाय क्षेत्रमा पनि एआई ले ग्राहक पहिचानदेखि, बजारीकरण गर्न र नयाँ व्यवसायको जानकारी लिन समेत मद्दत गर्दछ । ग्राहकको सन्तुष्टि लागि र बजारीकरण गर्न समेत एआई को माध्यम लिन सकिन्छ । च्याटबोटहरूले २४ घण्टा ग्राहकका प्रश्नहरूको उत्तर दिन सक्छन् । साथै, बजारको विश्लेषण गर्ने देखि कुन सामानको व्यापार र व्यवसाय गर्ने र सर्वेक्षण गर्ने र प्रतिवेदनको लागि समेत एआई प्रयोग हुन्छ । त्यसैगरी किसानलाई पनि एआई ले सहयोग पु¥याएको छ, नयाँ–नयाँ विचार लिन, रोग पहिचान गर्न, मौसमको पूर्वानुमान गर्न, माटोको अवस्था जानकारी दिने, मलको अवस्था, र पानीको अवस्था जानकारी लिनुको साथै यसले उत्पादन बढाउन र बजारीकरणमा समेत मद्दत पु¥याउँछ । सुरक्षा क्षेत्रमा पनि एआई प्रयोग उत्तिकै मात्रामा भइरहेको छ । यसले अपराध नियन्त्रणमा मद्दत गर्छ ।
विमानस्थल र अन्य संवेदनशील स्थानमा ऋऋत्ख् क्यामेरामा अनुहार पहिचान प्रणाली बनाउने, शंकास्पद गतिविधि पत्ता लगाउने र ट्राफिक व्यवस्थापनमा समेत रोबोटको प्रयोग गर्ने र चालकविहीन गाडी बनाउने तथा मानवविहीन उपकरण बनाइ संसारलाई नयाँ दुनियाँ बनाइ सकिएको छ । दैनिक जीवनमा पनि एआई प्रयोग भइरहेको छ । मोबाइलका भ्वाइस असिस्टेन्टहरू, जस्तै न्ययनभि ब्ककष्कतबलत, क्ष्चष्, सुझाव प्रणालीहरू थ्यगत्गदभ वा ल्भताष्हि ले दिने सुझावहरू, अनलाइन नक्सा, र अनुवाद उपकरणहरू सबै एआई मा आधारित छन् । विभिन्न सामाजिक सञ्जालहरूले पनि मानिसको रुचि र चाहना अनुरूप नै विज्ञापन दिने, र जानकारी लिने गरेको छ । त्यसैगरी उद्योग र उत्पादन क्षेत्रमा पनि एआई ले स्वचालन प्रविधि ल्याएको छ, आफैँ सामान प्याक गर्ने र कारखानाहरूमा पनि रोबोटहरूले आफैँ काम गर्दा उत्पादन छिटो हुनुको साथै खर्चमा समेत कटौती भएको छ भने लाखौं मानिस कामबाट निकालिएर बेरोजगार वा पेशा नै परिवर्तन भएको समेत अवस्था छ ।
यसरी एआई ले मानिसको जीवनमा धेरै जानकारीमूलक कार्य गरेकोले यो ठीक छ तर सही उपयोग भने जरुरी छ, विद्यार्थीले एआई बुझ्नका लागि मात्र प्रयोग गर्नुपर्छ, अर्काको नक्कल गर्नु भने हुँदैन भने शिक्षकले पनि यसलाई सहयोगीको रूपमा प्रयोग गर्नु पर्दछ । एआई ले मानिस जस्तो सबै सही जानकारी नदिन सक्छ, मानवको बुद्धि र निर्णय क्षमता नै एआई भन्दा महत्वपूर्ण हो । यसले बुझ्न मद्दत गर्ने र समयको समेत बचत गर्दछ । आफैं सिक्ने क्षमतामा वृद्धि गर्दछ । हामीलाई हरेक स्थानमा गुरु चाहिन्छ, हामी एआई देखि डराउँदैनौं तर गुरुलाई आदर गरी अनुशासित हुन्छौं, सही बाटो देखाउने, गलत नगर्न भनी सिकाउने, सही मार्गनिर्देशन भने गुरुबाटै पाइन्छ, र भावनात्मक सम्बन्ध पनि गुरुबाटै पाइन्छ र गुरु सँगै हुन्छ । एआई ले माया दया, करुणा, भाव बुझ्ला तर व्यक्त गर्न सक्दैन, पीडा बाँड्न सकिँदैन, नैतिक निर्णय दिन सक्दैन । एआई ले स्याबास भनी ढाप मार्न सक्दैन, सँगै हाँस्न रमाउन सक्दैन, सफलतामा खुशी हुने र दुःखमा सँगै रुन सक्दैन, जीवन चलाउन मानिस चाहिन्छ । उसले हाम्रो बचपन, जवानी र वृद्ध अवस्थाको जानकारी देला तर सँगै महसुस गर्न सक्दैन । लुगा धुनु परेमा एआई आफैं धुन सक्दैन तर कपडा धुने मेसिन चलाउने सुझावमात्र दिन सक्छ । हो, खाना बनाउने भाँडो बनाउला सहज होला, रोबोटले बनाउला तर आम मान्छेको घरमा खाना पकाउनु आफैँ पर्छ, तर परिकार विधि बताउन भने सक्छ, घर सफा आफैँ गर्नुपर्छ, आफैं सफा गर्न सक्दैन तर आजकाल स्वचालित मेसिन भने आएको छ र रोबोट भ्याकुम जस्ता मेसिन चलाउन सहयोग गर्न भने सक्छ । स्वास्थ्य बनाउनलाई आफैं व्यायामशाला जानु पर्छ एआई ले के खाने कसरी खाने कसरी व्यायाम गर्ने चाहिँ सिकाउँछ तर योग गुरु र व्यायाम प्रशिक्षकको महत्व छुट्टै छ । यसले समय तालिका बनाउन सक्छ, घर सफाइ वा स्वास्थ्यका उपाय भने सिकाउन सक्छ । आफ्नो परीक्षा आफैँ दिनुपर्छ, आफ्नो व्यवसाय आफैँ गर्नुपर्छ, रोग लागेमा आफैं औषधि खानुपर्छ, घुम्न सल्लाह दिन सक्छ तर आफैं घुम्नपर्छ, हिमाल पहाड सहर हेर्न एआई बाट हेरेर हुँदैन, तर सल्लाह र सुझाव भने लिन सकिन्छ । हो एआई ले धेरै कुराहरू सिकाउँछ, जीवन सहज बनाउँछ, नयाँ नयाँ विचार दिन्छ, धेरै समय लाग्ने काम एकैछिनमा गरिदिन्छ । अब निष्कर्षमा भन्नुपर्दा एआई ले हरेक कामको योजना बनाउँछ, हामीलाई उचित सेवा र सल्लाह दिन्छ, तुरुन्तै कुनै पनि कुराको उत्तर दिन्छ, सिकाउँछ, तर पनि मानवलाई यो उपकरण भनेको सहज बनाउने माध्यम हो । यसलाई सही सदुपयोग गर्न सकेमा हाम्रो जस्तो देशमा शिक्षामा ठूलो फड्को मार्न मद्दत गराउँछ, स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान दिन्छ, काममा सहजता बनाउँछ, सिकाइमा प्रभावकारिता ल्याउँछ । नयाँ–नयाँ व्यवसायिक विचार दिन्छ, ट्राफिक नियन्त्रणलाई सहजता बनाउन मद्दत गराउँछ, बैंक, सरकारी कार्यालय, उद्योग धन्दामा सकारात्मक असर ल्याउँछ, कार्यसम्पादन एकदम राम्रो ढंगले अगाडि बढ्छ, दुर्गमका बालबालिकाले पनि सहजै जानकारी पाउँछन्, सुशासनमा र सञ्चार जगतमा अगाडि बढ्छ, स्वरोजगार हुन मद्दत पुर्याउँछ