काठमाडौं । श्री इन्भेस्टमेन्ट फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई करोड ५३ लाख ६० हजार आठ सय ७५ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा चार करोड ९१ लाख सात हजार एक सय ८० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब रुपैैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासमा आठ अर्ब ३९ करोड ६४ लाख ७१ हजार सात सय २४ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब चार करोड ४६ लाख चार हजार तीन सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड ६० लाख पाँच हजार ४२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव शून्य दुई प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा फाइनान्सले सात अर्ब ८३ करोड ४७ लाख ८१ हजार २९ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब १५ करोड ५४ लाख ३१ हजार एक सय ४९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड दुई लाख ७७ हजार चार सय ९७ रुपैंैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।