काठमाडौं,अर्थ मन्त्रालयको दबाबपछि सरकारी स्वामित्वमा रहेका ३ वटै बैंकका अध्यक्षहरुले राजिनामा बुझाएका छन् । राजिनामा दिनेहरुमा राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देव कुमार ढकाल, कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पाण्डे र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्मा छन् ।
अध्यक्षत्रयले अर्थ मन्त्रालय अन्तर्गतको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राजिनामा बुझाएका हुन् । सरकारले अध्यादेशमार्फत राजनितिक नियुक्ती खारेज गर्ने निर्णय गरे पनि वाणिज्य बैंकहरुको हकमा अध्यादेश ल्याएको थिएन । तर अर्थ मन्त्रालयको दबाबपछि उनीहरु राजिनामा दिन बाध्य भएको बताइएको छ ।