काठमाडौं, शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार शेयर बजार परिसुचक नेप्से ३८ दशमलव १९ अंकले उकालो लागेर २७ सय ८३ दशमलव ८५ बिन्दुमा चढेको छ ।क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव शुन्य आठ अंकले उकालो लागेर चार सय ७३ दशमलव ४१ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ३२ वटा कम्पनीहरुको ६८ हजार चार सय ४४ पटकको कारोबारमा एक करोड चार लाख ३९ हजार चार सय ३२ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीमा आधारमा कुल कारोबार रकम चार अर्ब ६१ करोड ३५ लाख ६३ हजार छ सय ३५ रुपैंयाँ कायम भएको छ । धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।