काठमाडौं । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ग्राहकहरूका लागि विशेष अफरसहित ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ ।
यो विशेष कार्निभल काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि सुरु भएको हो । जेठ ३ गतेसम्म सञ्चालन हुने कार्यक्रममा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा विभिन्न आकर्षक सुविधाहरू पनि प्राप्त गर्न सक्नेछन् । कार्निभलमा सहभागी ग्राहकहरूको पुरानो सवारीसाधनको मूल्यांकन २२ जना अनुभवी मूल्यांकनकर्तामार्फत गरिनेछ । साथै, नयाँ बजाज मोटरसाइकल खरिद गर्दा ग्राहकहरूले एक लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ । यसका अतिरिक्त, ग्राहकहरूले कार्निभल स्थलमै सहज वित्तीय सुविधा, निःशुल्क एसेसरिज तथा निःशुल्क सेवा शुल्कलगायतका सुविधाहरु प्राप्त गर्नेछन् । कम्पनीका अनुसार, यस ग्रान्ड एक्सचेन्ज कार्निभलले ग्राहकहरूलाई आफ्नो पुरानो सवारीसाधनको उचित मूल्य प्राप्त गर्दै नयाँ बजाज मोटरसाइकल खरिद गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ ।