काठमाडौं । बैंकिङ कसुरको अभियोगमा गाउँपालिकाकी अध्यक्ष पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सोही जिल्लाको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको अभियोगमा पक्राउ परेकी हुन् । उनलाई शुक्रबार नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।