काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई संसद् सचिवालयमा बिहीबार आयोजित एक कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका छन् । सभामुख अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले श्री अधिकारीलाई बुधबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए । सचिव अधिकारीले आजैदेखि कार्यभार पनि सम्हाल्नेभएका छन् ।