काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २१ करोड दुई लाख ३० हजार सात सय ६० रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १६ करोड दुई लाख ४२ हजार सात सय ७६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८९ करोड ५६ लाख ३३ हजार छ सय ३० रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा पाँच अर्ब २८ करोड ९६ लाख १० हजार ९४ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ४५ करोड ५५ लाख ९० हजार पाँच सय नौ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा ५३ करोड ८३ लाख ८१ हजार आठ सय ४१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले चार अर्ब ४९ करोड ७३ लाख ३० हजार चार सय ७० रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब २६ करोड ७६ लाख ७० हजार आठ सय ३४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४३ करोड ८६ लाख ७७ हजार तीन सय ४० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।