काठमाडौं । नेपाल एसबीआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको वीरगञ्जस्थित श्री महानगरपालिका आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।
बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले श्री महानगरपालिका आधारभूत विद्यालयका प्रधानाध्यापकलार्ई एक कार्यक्रमका बीच उक्त सामग्रीहरू हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत, प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, रोशन कोइराला, बैंकका मधेश प्रदेश प्रमुख, रितेश अर्याल र बैंक तथा स्कुलका अन्य पदाधिकारी र शिक्षकहरूसमेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।
बैकले विगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकको एक सय तीनवटा शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहित बैंकिङ, सात वटा प्रादेशिक कार्यालय, एउटा कर्पोरेट कार्यालय र एक सय २७ वटा एटीएम काउन्टर सञ्चालनमा रहेका छन् ।