काठमाडौँ । राष्ट्रपति भवनमा शुक्रबार नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लीला पिटर्स याहियाले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सो भेटका अवसरमा उनीहरुबीच नेपाल तथा संयुक्त राष्ट्रसङ्घबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।