काठमाडौं । विदेश विद्यार्थीलाई पढ्न पठाउने नाममा बिचौलियाको धन्दा गर्दै आएका एजुकेसन कन्सल्टेन्सीहरुमा नेपाल प्रहरीको अपराध अनुसन्धान महासाखाले शुक्रबार देखि छापा मारेर कागजपत्र,कम्प्युटर सहित केही व्याक्तिलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले शुक्रबार काठमाडौंको एचिममेण्ट कन्सल्टेन्सी ललितपुरको ज्ञानमार्ग कन्सल्टेन्सी लगायत तीन सय भन्दा बढी कन्सल्टेन्सीमा छापा मारेर केही व्याक्तिलाई नियन्त्रणमा लिएको थाहा भएको छ । ललितपुरका ज्ञानमार्गका प्रवल बजगाईलाई पक्राउ गरेको छ । युवराज बजगाईंको एचिभमेण्टका एकजना स्टाफलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिक्षा मन्त्रालयमा दर्ता नभएका कन्सल्टेन्सीहरुलाई प्रहरीले छापा मारेको हो ।