काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत राख्ने निर्णय गरेको छ । गत बैशाख ३० गते कार्यविभाजन नियमावली संसोधन गरेर सरकारले देशको एकमात्र गुप्तचर निकायलाई प्रधानमन्त्री मातहत राखको हो । यस अघि उक्त विभाग गृहमन्त्रालय अन्र्तरगत रहेको थियो । सुशीला कार्की नेतृत्वको सरकारले गत ५ मंसिर २०८२ मा उक्त विभागलाई प्रधानमन्त्री कार्यालय मातहतबाट गृहमन्त्रालयमा सारेको थियो । यस अघि १६ फागुन २०७४ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले उक्त विभागलाई प्रधानमन्त्री कार्यालय अन्र्तगत सारेका थिए । त्यस अघि चाहि उक्त विभाग गृहमन्त्रालय मातहत रहँदै आएको थियो । नेपाल सरकारका सचिव गोविन्द्र बहादुर कार्कीको संयोजकत्वमा गठित सुशासन मार्गचित्र २०८३ को सुझाब अनुसार उक्त विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेको बताइएको छ ।