काठमाडौं । भक्तपुर, मध्यपुर थिमी नगरपालिका–३ कौशलटारस्थित हनुमन्ते पुल नजिक इलाम घर भएका ४८ वर्षीय भीम राई आइतबार मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगरस्थित चारघरे टोल बस्ने ६० वर्षीय खलाश बहादुर बानिया सोही ठाउँस्थित सार्वजनिक पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । गोरखाको गोरखा नगरपालिका–४ पन्थेस्वारास्थित सडक छेउमा सोही ठाउँ बस्ने ४४ वर्षीय गाईने सार्की आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ खोरया बस्ने ४५ वर्षीय हरिकिशन चौधरी सोही ठाउँस्थित सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।