काठमाडौं । बजाज चेतक ईभीले पोखरामा सेवा विस्तार गरेको छ । कम्पनीले पोखराको नयाँबजारमा नयाँ ‘चेतक एक्सपेरियन्स जोन’ सञ्चालनमा ल्याएको हो । उक्त सोरुमलाई राजधानीबाहिर प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव विस्तार गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पोखरा एक्सपेरियन्स जोनमा प्रविधिमैत्री सेवा, सहज ग्राहक अनुभव तथा ग्राहक–केन्द्रित सुविधाहरू समेटिएका छन् । यहाँ ग्राहकहरूले सवारी प्रदर्शन, टेस्ट राइड, खरिद परामर्शदेखि चेतक ईभीसम्बन्धी विशेष सेवा सुविधासम्म एउटै स्थानमा प्राप्त गर्न सक्नेछन् । सोरुममा डिजिटल प्रोडक्ट डिस्प्लेमार्फत सवारीका विशेषताबारे विस्तृत जानकारी लिन सकिनेछ भने प्रशिक्षित ईभी विज्ञमार्फत विद्युतीय सवारी, चार्जिङ समाधान तथा स्मार्ट फिचरसम्बन्धी परामर्श पनि उपलब्ध हुनेछ । चेतकको प्रिमियम तथा परिष्कृत पहिचान झल्किने गरी डिजाइन गरिएको यस शोरुममा आधुनिक इन्टेरियर, इन्टरएक्टिभ टचपोइन्ट तथा ग्राहक–मैत्री वातावरण समावेश गरिएको छ । कम्पनीका अनुसार यसले ग्राहकलाई अझ उत्कृष्ट तथा सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । चेतक पोखराका सञ्चालक अगोषमान बुद्धाचार्यले चेतक एक्सपेरियन्स जोनले नेपालमा प्रिमियम विद्युतीय सवारीको पहुँच अझ विस्तार गर्ने विश्वास लिएको बताए ।