काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन एक दशमलव शुन्य तीन अंकले ओरालो लागेको नेप्से परिसुुचक साताको दोस्रो कारोबार दिन आज मंगलबार छ दशमलव ५१ अंकले ओरालो लागेर २७ सय २४ दशमलव ३९ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६८ अंकले ओरालो लागेर चार सय ६७ दशमलव ३७ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४६ वटा कम्पनीहरुको ४५ हजार पाँच सय १९ पटकको कारोबारमा ७८ लाख १६ हजार चार सय ७८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब आठ करोड ७७ लाख ३० हजार नौं सय ६२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, फाईनान्स, निर्जीवन बीमा र लघुवित्त उपसमुहको सुचक उकालो लागेकाछन् भने बाणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक खुम्चिएका छन् ।