काठमाडौं । टायल्स उत्पादक प्राइम सिरेमिक्स प्रालिले आफ्नोे नयाँ सोरूमको स्याङजाको वालिङमा सोरुम सञ्चालनमा ल्याएको छ ।
न्यू भुसाल स्टोरमार्फत स्याङ्जामा सुरु भएको नयाँ सोरूमले स्थानीय उपभोक्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको डिजाइन र गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । प्राइम टायल्सले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्दै देशव्यापी डिलर नेटवर्क बनाएको छ भने वाल र फ्लोर टायल्स दुवैमा (एनएस) नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरिसकेको छ । वर्ष २०७८ मा स्थापना भएको प्राइम सिरेमिक्स प्रा.लि. ले नेपाली उपभोक्ताका लागि गुणस्तरीय टायल्स उत्पादन गर्ने उद्देश्यले रौतहटको बृन्दावन नगरपालिकामा अत्याधुनिक प्रविधियुक्त कारखाना स्थापना गरेको थियो । वार्षिक ४० लाख वर्गमिटर उत्पादन क्षमता र तीन अर्ब रुपैयाँको लगानी रहेको यस उद्योगले नेपालमै पहिलो पटक वाल र फ्लोर टायल्स दुबै उत्पादन गर्ने विशेषता बोकेको छ ।