काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ प्लसमा सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ । कम्पनीले ग्राहकहरुलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध गराउन यो अफर ल्याएको हो ।
कम्पनीका अनुसार अफरअन्तर्गत ग्यालेक्सी एस२६ प्लस खरिदमा २३ हजार रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् । यसको मुख्य हाल एक लाख ८२ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यसलाई अफरमा घटाएर एक लाख ५९ हजार नौ सय ९९ रुपैयाँ बनाइएको कम्पनीले जनाएको छ । प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकहरुका लागि यो स्मार्टफोन डिजाइन गरिएको हो । ग्यालेक्सी एस २६ सिरिजका प्रमुख मोडेलमध्ये एक भएकोले यो अफरले ग्राहकहरुका बदलिँदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव लिन सक्ने कम्पनीको भनाई छ । यो अफर १९ मे देखि ३१ जुनसम्म मान्य हुने कम्पनीले जनाएको छ । साथै कम्पनीले यो स्मार्टफोनको खरिद अझ सजिलो बनाउन २४ महिनासम्मको सजिलो ईएमआई सुविधा पनि दिइरहेको छ, जसको मासिक किस्ता चार हजार तीन सय ४१ रुपैयाँबाट सुरु हुन्छ । ग्राहकहरूले भेरिफिकेसनका लागि नागरिकता देखाएर यो सुविधा सजिलै पाउन सक्नेछन् ।