काठमाडौं । सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव मनाएको छ । नेपालको ट्राभल व्यवसायमा नयाँपन दिने, ग्राहक सेवामा फरक अनुभूति प्रदान गर्ने तथा प्रतिस्पर्धी मूल्य कायम गर्ने प्रतिबद्धतासहित सञ्चालनमा आएको सासा ट्राभल्सले आफ्नो सञ्चालनको पहिलो वर्ष पूरा गरेको हो ।
एयरलाइन्स टिकटिङ, टुर्स तथा ट्राभल क्षेत्रमा एक दशकभन्दा लामो अनुभव बोकेकी युवा उद्यमी सोनी राणाले सन् २०२५ मे १५ मा सासा ट्राभल्स स्थापना गरेकी थिइन् । स्थापनाको पहिलो वर्षमै कम्पनीले उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको दाबी गरिएको छ ।
अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा युरोपेली गन्तव्यहरूको टिकटिङमा विशेष दख्खल राख्ने सासाले आउटबाउन्ड ट्राभलतर्फ समेत राम्रो सफलता प्राप्त गरिसकेको कम्पनीको भनाई छ । इन्डोनेसियाको बालीका फिक्स्ड डिपार्चर टुर्समा विशेष फोकस रहेको सासाले बाली बाहेक थाइल्यान्ड, श्रीलंका तथा युरोपका विभिन्न गन्तव्यहरूको टुर सञ्चालन गर्दै आएको छ । सासा ट्राभल्सकी प्रबन्ध निर्देशक सोनी राणा विङ्स अन्डर फोर्टीमा बेस्ट ट्राभल इन्टरप्रेनर–वुमन अवार्ड जित्न सफल भएकी थिइन् ।