काठमाडौं । कजारियाले ’द हिडन ट्रेजर मिस नेपाल २०२६’को मुख्य प्रायोजन गर्ने भएको छ । हालै एक कार्यक्रमको आयोजना गरी प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
मिस नेपाल २०२६ सँगको यस आबद्धतामार्फत कजारियाले टायल र डिजाइन सोलुसन्सको दायराभन्दा बाहिर गएर आफ्नो उपस्थितिलाई मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ । यो सहकार्यले रचनात्मकता, महत्वाकांक्षा र रूपान्तरणलाई प्रतिविम्बित गर्ने मञ्चहरूसँग हातेमालो गर्ने कजारियाको दृष्टिकोणलाई थप सबल बनाएको कम्पनीको भनाइ छ । यस मुख्य प्रायोजनसँगै कजारियाले उत्पादनभन्दा माथि उठेर अर्थपूर्ण ब्रान्ड अनुभवहरू सिर्जना गर्ने आफ्नो यात्रालाई निरन्तरता दिएको उल्लेख गरेको छ ।