काठमाडौं । सामसङ नेपालले ‘सामसङ सेभिङ डे’ अफरको घोषणा गरेको छ । यस अफरमा वासिङ मेसिन र रेफ्रिजरेटरमा उत्कृष्ट बचत र मासिक किस्तामा सजिलो विकल्प उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो अफर सीमित बजेटमै आवश्यक घरायसी विद्युतीय उपकरण स्तरोन्नति गर्न चाहने ग्राहकलाई लक्षित गरी ल्याइएको हो ।
कम्पनीका अनुसार यो अभियान साउन ३ गतेसम्म सञ्चालन हुनेछ, जसले गर्मीयाममा घरलाई सहज रूपमा स्तरोन्नति गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । यस अफरअन्तर्गत ग्राहकहरूले छनौट गरिएका वासिङ मेसिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म नगद फिर्ता सुविधा पाउन सक्नेछन् । साथै, २४ महिनासम्मको विस्तारित मासिक किस्ता सुविधा पनि उपलब्ध गराइएको छ । वासिङ मेसिनको मासिक किस्ता एक हजार ३७० रुपैयाँदेखि तथा रेफ्रिजरेटरमा मासिक किस्ता एक हजार चार आठ रुपैयाँदेखि सुरु हुनेछ । यसले मासिक खर्चलाई सहज बनाउँदै आवश्यक घरायसी उपकरण खरिद गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ ।
साथै, हुलास फाइनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित ‘सामसङ इन्स्टा फाइनान्स’ सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको मासिक किस्ता योजनामा उपकरण खरिद गर्न सक्नेछन् । यसले उपकरण खरिदलाई अझ सहज बनाउने कम्पनीले जनाएको छ । नयाँ सामसङ घरायसी उपकरणमा स्तरोन्नति गर्न चाहने ग्राहकहरूले अर्कोस्टोर वा नेपालभर रहेका अधिकृत सामसङ बिक्री केन्द्रमार्फत आफ्ना पुराना उपकरण साटासाट गर्न सक्नेछन् ।