तेहरान । अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुजलाई स्वतन्त्र गर्ने सम्झौतामा पुग्ने सम्भावना अझै अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स (यूएई)का एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् ।
एएफपीका अनुसार हर्मुज घाँटी खुला गर्ने सम्झौतामा पुग्न ‘५०–५०’ मात्र सम्भावना रहेको यूएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गासले बताएका हुन् । उनले तेहरानलाई मध्यपूर्व युद्धको कमजोर युद्धविरामको समयमा वार्तालाई पटक–पटक रोक्ने र सुरु गर्ने र यसमा बढी सौदाबाजी नगर्न आग्रह गरे ।
‘इरानी अधिकारीहरूले वर्षौँदेखि धेरै अवसरहरू गुमाएका छन् किनकि उनीहरूले अवसरलाई बढी आकलन गर्ने प्रवृत्ति छ’, गार्गाशले प्रागमा ग्लोब्सेक फोरमलाई सम्बोधन गर्ने क्रममा भने । ‘मलाई आशा छ, उनीहरूले यस पटक त्यसो गर्नेछैनन्’, उनले अगाडि भने । अमेरिकी सैन्य सुविधाहरू रहेको तेलको धनी यूएईलाई फेब्रुअरी २८ देखि सुरु भएको ४० दिनको युद्धको क्रममा करिब तीन हजार ३०० ड्रोन र मिसाइलहरूले निशाना बनाएको गर्गासले बताए । उनले भने, ‘इरानले नाकाबन्दी गरेको हर्मुजले सामान्यतया विश्वव्यापी इन्धन आपूर्तिको पाँच भागको एक भाग ओगट्छ । यो मार्ग सामान्य अवस्थामा फर्कनुपर्छ ।’