काठमाडौं । एभरेष्ट कलर लिमिटेडले साधारण सेयरको बिक्री आहृवान गरेको छ । कम्पनीले यही जेठ २२ गतेबाट सर्वसाधारणको लागि साधारण सेयरको बिक्री आहृवान गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको साधारण सेयर बाँडफाँटपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि साधारण सेयरको बिक्री आहृवान गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ३० करोड रुपैयाँको २६ दशमलव ३३ प्रतिशतले हुन आउने सात करोड ९० लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी सात लाख ९० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले ३९ हजार पाँच सय कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र १५ हजार आठ सय कित्ता सेयर कर्मचारीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
सोपश्चात् कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका छ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको छ लाख ५५ हजार सात सय कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।