काठमाडौं । शेयर बजारमा हरियाली देखिएको छ । साताको पहिलो कारोबार दिन आज सोमबार शेयर बजार परिसुचक नेप्से २७ दशमलव ८५ अंकले उकालो लागेर २७ सय ८६ दशमलव ३५ बिन्दुमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८५ अंकले उकालो लागेर चार सय ७५ दशमलव ७४ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४२ वटा कम्पनीहरुको ७५ हजार आठ सय ५६ पटकको कारोबारमा एक करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब ९८ करोड ६४ लाख १२ हजार छ सय रुपैयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर किनबेच भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक झिनो अंकले ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।