काठमाडौं । कांग्रेस नेता उमेश श्रेष्ठले सञ्चालन गर्दै आएको ललितपुरको हात्तीवनमा रहेको लिटल एन्जल्स स्कुलमा डोजर चलाउने तयारी भएको छ । स्कुलको पूर्वपट्टि रहेको कर्मानाशा खोलाको जग्गा मिचिरे बनाएको आरोप लागेसँगै सरकारी निकायहरूले अनुसन्धान गरेर डोजर चलाउने तयारी गरेका हुन् । लालपुर्जामा १०० रोपनी जग्गा भए पनि १० रोपनी सरकारी जग्गा मिचेर ११० रोपनी क्षेत्रफलमा फैलिएको स्कुलका सञ्चालक श्रेष्ठले सत्ता र राजनीतिक शक्तिको आडमा वर्षौँदेखि खोला मिचेर सरकारी जग्गा उपभोग गर्दै आएको आरोप लाग्दै आएको थियो ।