निर्वाचन पछि खुलेको सेयरबजारको पहिलो दिन सेयरबजारमा सकारात्मक सर्किट लागेको थियो । नेप्से ६ प्रतिशतले अर्थात् १६२ अंक भन्दा बढिले बढेको थियो । तर त्यसपछिको दिनमा भने हात्ती आयो हात्ती फुस्सा जस्तै भए । रास्वपाको बालेन सरकारलाई सेयरबजारले पत्याएन भन्दा पनि फरक नपर्ला र बालेन नेतृत्वको सरकार बनेदेखि सेयरबजार घटेको घटै छ भन्दा पनि फरक नपर्ला । नेप्से मात्र घटेको नभई कारोबारको रकममा पनि गिरावट आइरहेका छन् । त्यसोत रास्वपाको एकल बहुमतको सरकार आउने भयो भनेर सेयरबजार बढेको भन्ने चर्चा चलेको थियो, तर उल्टो भयो । अबको रास्वपाको सरकारलाई सेयरबजारले पत्याएन ? रास्वपाको लगभग दुईतिहाइको एकल सरकार स्थायी भए पनि सेयरबजारले किन पत्याएन ? भन्नेहरू पनि नभएका होइनन् । सेयरबजारका लगानीकर्ताहरू जहिले पनि सेयरबजारलाई गति दिनको लागि स्थाइ स्थिर सरकारको आवश्यकता रहेको बताउँदै आइ रहेका छन् । अस्थिर सरकारको राजनितक खिचातानिले सेयरबजारमा समेत असर गरेको हुन्छ । पछिल्लो समयमा राजनितिक अस्थिरताले गर्दा सेयरबजारले गति लिन नसकिरहेका अवस्था थियो । जेनजेडको आन्दोलनपछि अहिले बनेको अन्तरिम सरकारको समयमा पनि सेयरबजारले गति लिन सकेन । त्यसोत अन्तरिम सरकार भनेको चुनावी सरकार हो भन्दा पनि फरक नपर्ला । राजनितिक खिचातानीले पनि सेयरबजारमा समेत नकारात्मक असरहरू पर्ने गरेका छन् । निर्वाचनपछि रास्वपाको सरकार पुँजी बजारमै केन्द्रित हुन्छ भन्ने लगानिकताहरूको आशा थियो तर निराशा भए भन्दा पनि फरक नपर्ला । ? बंगला देशमा त निर्वाचनपछि सेयरबजारमा उछाल आएको छ भन्दा पनि फरक नपर्ला । के नेपालमा पनि सरकार बने पछि सेयरबजारमा उछाल आउँछ भन्ने लगानिकर्ताहरूको सोचाइ थियो । स्थिर सरकार होस् भन्ने लगानिकर्ताहरूले चाहिरहेको हो । जबसम्म देशमा राजनीतिक स्थिरता र स्थाइ सरकार हुँदैन सेयरबजारले गति लिन गाह्रो छ भन्नेहरुलाई स्थायी सरकारले ल्वाप्पा ख्वाइ दिएको छ भन्दा पनि फरक नपर्ला ।
सेयरबजारमा लगभग ७५ लाख लगानिकर्ताहरू आबद्ध छन् सेयरबजारबाट सरकारले लाभ करबापत अर्बौँ राजस्व उठाउने गरिरहेका छन् यस्तो बजारलाई सरकारले लगानिकर्ताहरूको विश्वास जगाउने वातावरण सरकारले बनाउन पर्दछ । विगतमा राजनितक दलहरूको भागबन्दाले गर्दा देशमा समस्याहरू देखिने गरेका छन् । त्यसोत राजनीतिक खिचातानिले धेरै जसो मारमा पर्ने भनेको सेयर लगानीकर्ताहरू नै हुन् भन्दा पनि फरक नपर्ला ।
राजनीति खिचातानी, आन्दोलन सरकार परिवर्तन सत्तासमिकरण परिवर्तनले विगतमा पनि सेयरबजारमा नकारात्मक असर गर्ने गरेका छन् नै । त्यसोत राजनितिक अस्थिरता सरकारको अस्थिरतामात्र नभई बेला बेलामा राजनितिक दलहरूको नेताहरू सांसद मन्त्रीहरूको नकारात्मक अभिव्यक्तिले पनि सेयरबजरमा नकारात्मक असर पर्ने गरेका छन् । सेयरबजार प्रति विभिन्न अभिव्यक्ति दिने नेताहरू सेयरबजारप्रति कति जानकार छन् त ? भन्ने प्रश्न उठ्ने गरेका छन् । विगतमा अर्थमन्त्री बनेका डा. युवराज खतिवडाले सेयरबजार अनुत्पादक क्षेत्र हो भनेर भन्दा सेयरबजारमा पहिरो नै गएको थियो । त्यसबेला डा. खतिवडाको आलोचना पनि भएको थियो । त्यसैगरी माओवादीहरूको द्वन्द्वले सेयरबजार लगभग ध्वस्त नै हुने संकेत देखिएको थियो । सरकार होस् या नेताहरूले होस् वा विज्ञ विश्लेशकहरूले होस् सेयरबजारप्रति नकारात्मक अभिव्यक्ति दिँदा सेयरबजार ओरालो लाग्ने गरेको छ । सेयरबजार भनेको अर्थतन्त्रको एउटा पाटो हो । कतिपयको भनाइमा सेयरबजार भनेको अर्थतन्त्रको एैना हो भनेर पनि भन्ने गरेका छन् । सेयरबजारले देशको लागि आवश्यक पुँजीको जोहो गरिदिने गरेको छ । देशमा छरिएर रहेका पँुजीहरूलाई एकत्रित गर्ने काम सेयरबजारले गर्ने गरेको छ । देशमा सञ्चालित उद्योग, फ्याक्ट्री, हाइड्रोपावर, बैँक, बीमा कम्पनीहरूमा होटेलहरूमा सर्वसाधारणहरूको १० प्रतिशत देखि ४९ प्रतिशतसम्म लगानी रहेका हुन्छन् ।
त्यसोत सेयरबजारको बारेमा विभिन्न व्यक्तिहरूले दिने अभिव्यक्ति भनाइहरूको कारणले सेयरबजारमा असर गर्ने गरेका छन् । त्यसोत सेयरबजारलाई हल्लाले पनि हल्लाउनेगरिरहेका छन् भन्दा पनि फरक नपर्ला । अहिलेको जमाना भनेको सामाजिक संजालको जमाना हो भन्दा पनि फरक नपर्ला । पछिल्लो समयमा सामाजिक सञ्जालहरूमा गरिने सेयरबजार सम्बन्धी नकारात्मक भ्रमपूर्ण पोस्टहरूले गर्दा पनि सेयरबजारमा नकारात्मक असर पर्ने गरेका छन् भने बेला बेलामा नेताहरूले दिने अभिव्यक्तिले पनि सेयरबजार तरंगित हुने गरेका छन् । एकपटक नेकपा मओवादीका अध्यक्ष प्रचण्डले सेयरबजार भनेको समाजवादको विकसित रुप हो भन्दा पनि सेयरबजारमा पहिरो गएको थियो । त्यसैगरी विगतमा अर्थमन्त्री बनेका डा. बाबराम भट्टराइले पनि सेयरबजारलाई जुवाको संज्ञा दिँदा सेयरबजार लगभग आईसीयूमा नै पुगेको थियो । सेयरबजार न जुवा हो न लंगुरबुर्जा हो । सेयरबजार भनेको अर्थतन्त्रको एउटा पाटो हो । यसले पनि सेयरबजारमा नकारात्म असर पर्ने गरेका छन् भने लगानीकर्ताहरूको लगानी जोखिममा पर्ने गरेका छन् । त्यसो कतिपय जानकारहरूको भनाइ मा सेयरबजारमा पनि केही बेथितिहरू नभएका होइनन् । सेयरबजारभित्र पनि केही बेथितिहरू रहेका छन् भनेर पनि सरोकारवालाहरूको भनाइ रहेका छन् । सेयरबजारमा रहेका बेथिति विसंगतिहरूलाई हटाउनको लागि सरकार नियामक निकायहरू वा लगानीकर्ताहरूले समेत पहल गर्नु पर्दछ ।
त्यसोत नेप्से घट्ने बढ्ने भनेको पनि विभिन्न चर्चाहरूले पनि भइरहने हुन्छन् । त्यसोत नेप्से भनेको घटबढ भइरहन्छ नै । नेप्से कहिले घट्छ त कहिले बढ्छ घटेपछि बढ्छ बढेपछि घट्छ पनि । यो नै सेयरबजारको बिउटिनेस हो । त्यसोत कतिपय लगानीकर्ताहरू सेयरबजारप्रति पूर्ण जानकार रहिनछन् । कसैको लहलहैमा लागेर अरुको देखासिति गरेर सेयरबजारमा बढ्दो टेन्डलाई मात्र हेरर लगानी गर्ने गरेका छन् कि ? सेयरबजारमा लगानी गर्दा के को आधारमा लगानी गर्ने त किन र के लाई हेरर लगानी गर्ने भनेर पनि चर्चाहरू चल्ने गरेका छन् । सेयरबजारमा सेयरमा लगानी गर्दा कम्पनिको बारेमा आधारभूत जानकारीहरू लिन पर्ने जस्तो देखिन्छ । कम्पनीहरूको सूचकांक, कम्पनीहरूको तथ्यांक, कम्पनीहरूको प्रतिवेदन वासलात आदि हेरर जानकारी लिएरमात्र कम्पनीहरूमा लगानी गर्नुपर्ने देखिन्छ । बजारको टेन्डलाई हेरेर बढेको स्टकमा लगानी गर्दा घाटामा रहेको कम्पनीहरूमा लगानी गर्दा लगानीकर्ताहरूले लगानी गरेको लगानी जोखिममा पर्ने गरेका छन् । त्यसोत कतिपयले सेयरबजारलाई व्यापार व्यवसायको रुपमा पनि लिने गरेका छन् । त्यसोत व्यापार व्यवसायको रुपमा लिने लगानीकर्ताहरूले बजारमा बढेको टेन्डलाई मात्र हेरेर लगानी गर्ने गरेका छन् भन्दा पनि फरक नपर्ला । तर पनि सेयरबजारमा लगानी गर्ने भनेको केही कमाउनको लागि हो गुमाउनको लागि होइन । यसलाई पनि ध्यान राख्नुपर्ने हुन्छ लगानीकर्ताहरूले । त्यसोत सेयरबजारमा लगानी गर्नेहरू सबैले कमाउँछन् नै भन्ने पनि छैन । पछिल्लो समयमा लगभग ७५ लाख जति लगानीकर्ताहरू भइसकेको सम्बन्धित सरोकारवालाहरू बताउँछन् । डिम्याट खातामा आबद्ध हुनेहरूको संख्या ७५ लाखको हाराहारीमा रहेको बताउँछन् सम्बन्धित सरोकारवालाहरू । देशको २० प्रतिशत जति नागरिकहरू आबद्ध रहेको सेयरबजार सरकारले पुँजीबजार मैत्री बनाउन पर्दछ । सरकार नेता सांसद सेयरबजार सम्बन्धित व्यक्ति विशेषहरू र सम्बन्धित सरोकारवालाहरूले सेयरबजारप्रति नकारात्मक भ्रमपूर्ण अभिव्यक्ति दिने होइन । सेयरबजारलाई राम्रो पार्ने र सेयरबजारलाई उचाँइमा पुर्याउनको लागि आवश्यक नीति नियमहरू बनाउनको लागि पहल गर्नुपर्दछ । अबको सरकारको काम पनि यस्तै हनुपर्दछ ।