काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार संयुक्त भेटवार्ता गर्दैछन् ।
प्रधानमन्त्रीले उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम रहेको छ । सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी गराइन् ।
यसअघि प्रधानमन्त्रीले गत चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।