काठमाडौं । राउन्ड टेबल नेपालले एजुकेटेड अ चाईल्ड (ईएसी) परियोजनाअन्तर्गत एक हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
परियोजनाको १०औँ वार्षिकोत्सवको अवसरमा राउन्ड टेबल नेपालले उक्त छात्रवृत्ति प्रदान गरेको हो । काठमाडौं, धरान, बुटवल, विराटनगर, भैरहवा, वीरगञ्ज, धनगढी, नारायणघाट, हेटौंडा, जनकपुर र नेपालगञ्ज लगायत ११ सहरहरूमा एक साथ बालबालिकाहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो । संस्थाले आर्थिक सहयोगसँगै विद्यार्थीहरूलाई स्टेशनरी सामग्री, खाना, आइसक्रिम र खाजा, आँखा जाँच शिविर, दन्त शिविर र क्याजिक सोलगायतका कार्यक्रमहरू पनि सञ्चालन गरेको थियो ।