काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गराएको छ ।
महानगरको सहकारी विभागको रोहबरमा सहकारीले बचतकर्ताको बचत रकम फिर्ता दिएको हो । महानगरपालिकाको वडा नंं ६ मा सञ्चालित सहकारी संस्थाले १ लाख ५० हजार रुपैयाँसम्म बचत रहेका बचतकर्ताको रकम फिर्ता गरेको छ । बचत लिनको लागि ७० जना सदस्यहरूलाई विभागमा बोलाइएकोमा ३४ जना बचत लिन आएका थिए । सहकारी संस्थाका उपाध्यक्ष रविन लामाले केही बचतकर्ता भने रकम लिन नआएको बताए । सहकारीले आगामी १ महिनाभित्र ५ लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको उनले बताए । ठूला बचतकर्ताका हकमा सहकारी विभागसँग समन्वय गरेर ऋणीहरूलाई पनि ताकेता गर्ने र बचतकर्ताको पनि बचत रकम फिर्ता गर्दै जाने तयारीमा रहेको उनले बताए । सहकारीमा कम बचत गर्नेले १ हजार ११५ रुपियाँ र धेरै बचत गर्नेले ८० लाख रुयैँयासम्म रकम जम्मा गरेको लामाको भनाइ छ ।
महानगरको सहकारी विभागले बचत फिता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको छ । विभागका प्रमुख ध्रुवकुमार काफ्लेले माग दाबी सहितको निवेदन लिएर संस्थाका सञ्चालक र बचत फिर्ता माग गर्नेका बीचमा छलफल गराएर रकम फिर्ता दिएको बताए । संस्थाको सञ्चालक समितिको निर्णय अनुरोध अनुसार ऋणीलाई एसएमएस, रजिस्ट्री पत्र र सार्वजनिक सूचनाबाट ऋण चुक्ता गर्न सन्देश र अनुरोध पठाएको उनको भनाइ छ । ‘यो प्रक्रिया वडाबाट प्रारम्भ हुन्छ ।