काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले वार्षिक उत्सवको अवसर पारेर बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । कम्पनीको काठमाडौं स्थित प्रधान कार्यालयमा आयोजना गरेको सो कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको कम्पनीले जानकारी दिएको छ ।