काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यस अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, अतिरिक्त एक्सचेन्ज बोनस, विशेष टेलिकम सुविधा तथा सहज फाइनान्सिङ सेवा प्राप्त गर्न सक्नेछन् । अभियानअन्तर्गत ग्राहकहरूले शुन्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा पनि लिन सक्नेछन् । ग्राहकहरूले आफ्नो पुरानो सेलेक्टेड डिभाइस साट्दा त्यसको मूल्यसँगै अधिकतम आठ हजार रुपैयाँसम्म अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् । कम्पनीले विभिन्न मोडेलमा निश्चित छुट तथा एक्सचेन्ज बोनसको व्यवस्था गरेको जनाएको छ । ग्यालेक्सी एस २६ अल्ट्रामा १० हजार रुपैयाँ छुटसँगै आठ हजार रुपैयाँ एक्सचेन्ज बोनस उपलब्ध हुनेछ भने एस२६ प्लसमा २३ हजार रुपैयाँ छुट र आठ हजार रुपैयाँ बोनस पाइनेछ । त्यस्तै ग्यालेक्सी एस२६ मा १० हजार रुपैयाँ छुट तथा आठ हजार रुपैयाँ बोनस, ग्यालेक्सी ए५७ मा पाँच हजार रुपैयाँ छुट र पाँच हजार रुपैयाँ बोनस तथा ग्यालेक्सी ए३७ मा पनि पाँच हजार रुपैयाँ छुट र पाँच हजार रुपैयाँ बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ । यस अफरसँगै एनसेलको बोनस डेटा सुविधा पनि समावेश गरिएको छ । ग्यालेक्सी एस२६ सिरिज खरिद गर्ने ग्राहकहरूले न्यूनतम ३९९ रुपैयाँको एनसेल प्याक खरिद गर्दा प्रत्येक रिचार्जमा १५ जीबी बोनस डेटा प्राप्त गर्नेछन् । उक्त सुविधा १२ पटकसम्म प्रयोग गर्न सकिनेछ, जसअन्तर्गत कुल १८० जीबी डेटा उपलब्ध हुनेछ ।
त्यस्तै ग्यालेक्सी ए५७, ए३७, ए१७ तथा एम१७ सिरिजका ग्राहकहरूले २९९ रुपैयाँको एनसेल प्याक खरिद गर्दा प्रत्येक रिचार्जमा १० जीबी बोनस डेटा पाउनेछन् । यो सुविधा १२ पटकसम्म लागू हुने भएकाले कुल १२० जीबी डेटा उपलब्ध हुनेछ । कम्पनीले हालै सार्वजनिक गरेको ग्यालेक्सी एस२६ सिरिजलाई कम्पनीको नवीनतम फ्ल्यागशिप स्मार्टफोन सिरिजका रूपमा प्रस्तुत गरेको छ । यसमा शक्तिशाली प्रदर्शन, उन्नत एआई आधारित फिचर तथा प्रिमियम प्रयोग अनुभव उपलब्ध रहेको कम्पनीको दाबी छ । त्यस्तै ग्यालेक्सी ए५७ र ए३७ ५जी मा स्मार्ट एआई फिचर, भरपर्दो परफर्मेन्स तथा आकर्षक डिजाइन समावेश गरिएको कम्पनीले जनाएको छ । यो अफर मे २७ देखि जुन ३० सम्म देशभरका अधिकृत सामसङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ ।