काठमाडौं । सरकारले पेट्रोलमा हरित कर अत्यधिक वृद्धि गरेको छ । उक्त कर नेपालभित्र ल्याइने वस्तुमा भन्सार बिन्दुमै असुल गरिनेछ । आर्थिक विधेयकका अनुसार मोटर स्पिरिट पेट्रोल अर्थात कच्चा तेल बाहेक पेट्रोलियम तेलहरु र बिटुमिनयुक्त खनिजहरुबाट प्राप्त तेलहरुमा प्रतिलिटर १ रुपैयाँबाट वृद्धि गरेर हरित कर १५ रुपैयाँ पु¥याएको छ ।
चालू आवमा त्यस्तो हरित कर प्रतिलिटिर १ रुपैयाँ मात्र थियो । अब आगामी आव २०८३÷०८४ मा प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरेर १५ रुपैयाँ बनाएको हो । यस्तै, हाई स्पीड डिजेलमा पनि हरित कर एक रुपैयाँबाट प्रतिलिटर १३ रुपैयाँ पु¥याएको छ । यसमा पनि प्रति लिटर १२ रुपैयाँ बढाएको हो । जसमा ७० प्रतिशत वा सोभन्दा बढी पेट्रोलियम तेलहरु हुनेछ ।