काठमाडौं । बैंकिङ क्षेत्रमा जोखिम बढेको छ । पछिल्लो समय बैंक तथा फाईनान्स कम्पनीहरुमा निष्क्रिय कर्जा उच्चरुपम बढेसंगै जोखिम बढेको देखिएको हो । बैंकिङ क्षेत्रमा अहिले निष्क्रिय कर्जा बढेर तीन खर्ब ३० अर्ब रुपैंयाँ नाघेको छ ।
नेपाल राष्ट्र बैंकले पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनी सहितका ५४ वटा संस्थाहरुले कुल ५८ खर्ब ९५ अर्ब आठ करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा पाँच दशमलव ६० प्रतिशतका दरले हुन आउने तीन खर्ब ३० अर्ब १२ करोड ४७ लाख ६० हजार रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको हो । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शुन्य दशमलव ३६ प्रतिशत अर्थात ४० अर्ब ५२ करोड २९ लाख ५१ हजार रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रकले मात्र कुल ५५ खर्ब २६ अर्ब ७५ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव २४ प्रतिशतका दरले हुन आउने दुई खर्ब ८९ अर्ब ६० करोड १८ लाख रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको थियो ।
चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा २० वटा बाणिज्य बैंकहरुले मात्र कुल ५२ खर्ब ४० खर्ब ४९ करोड रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा पाँच दशमलव ४१ प्रतिशतका दरले हुन आउने दुई खर्ब ८३ अर्ब ५१ करोड रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शुन्य दशमलव ३६ प्रतिशत अर्थात ३५ अर्ब ९२ करोड ८१ लाख ४८ हजार रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बाणिज्य बैंकहरुले कुल ४९ खर्ब दुई अर्ब ६१ करोड १० लाख रुपैंयाँ कर्जा प्रवा गर्दा पाँच दशमलव शुन्य पाँच प्रतिशतका दरले हुन आउने कुल दुई खर्ब ४७ अर्ब ५८ करोड २३ लाख ६० हजार रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको थियो । बिकास बैंकहरुले पनि चालु आवको चैत्र मसान्तसम्ममा कुल पाँच खर्ब ४७ अर्ब ५० करोड ४० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा छ दशमलव १३ प्रतिशतका दरले हुन आउने ३३ अर्ब ५६ करोड १९ लाख ९५ हजार रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शुन्य दशमलव ५७ प्रतिशत अर्थात चार अर्ब ५६ करोड ८७ लाख ६३ हजार रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुले कुल पाँच खर्ब २१ अर्ब ४६ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ५६ प्रतिशतका दरले हुन आउने २८ अर्ब ९९ करोड ३२ लाख ३१ हजार रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको थियो ।
पछिल्लो अवधिमा फाईनान्स कम्पनीहरुले मात्र भने कुल एक खर्ब सात अर्ब नौं करोड १० लाख रुपैंयाँ बराबरको कर्जा प्रवाह गर्दा १२ दशमलव १९ प्रतिशतका दरले हुन आउने कुल १३ अर्ब पाँच करोड ४३ लाख ९२ हजार रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शुन्य दशमलव ८५ प्रतिशत अर्थात ३३ करोड ३६ लाख ४४ हजार रुपैंयाँले कम हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुले कुल एक खर्ब दुई अर्ब ६६ करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा १३ दशमलव शुन्य पाँच प्रतिशतका दरले हुन आउने १३ अर्ब ३८ करोड ८० लाख ३७ हजार रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको थियो ।