काठमाडौँ । केही दिनदेखि उतारचढाव हुँदै आइरहेको सुनको मूल्य आज आइतबार तोलामा २० हजार ५०० ले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत शुक्रबार एक तोला सुनको मूल्य दुई लाख ९० हजार ६०० मा खरिद–बिक्री भएको आज आइतबार तीन लाख ११ हजार १०० रु. कायम भएको छ ।